कटवाल हत्या आरोपमा दुई जना पक्राउ

 Krishna Shrivastav

विराटनगर । सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा विर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको हो । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो । मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ बालुवा र परालले छोपेको अवस्थामा शव भेटेको प्रहरीले अनुसन्धानका क्रमम दुईजनालाई पक्राउ गरेको

Like this:


चोरीमा संलग्न पूर्वहवल्दारसहितको गिरोह समातियो

 Krishna Shrivastav

काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक घटनामा संलग्नता खुलेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा भन्छन्, ‘कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेल मिलेर चोरीको ग्याङ नै चलाइरहेका थिए ।’ कार्की प्रहरी सेवा छाडेर भागेका थिए । थापाका अनुसार यो समूह दिउँसोमै कार लिएर चोरी गर्न हिँड्ने गरेको थियो । पछिल्लो पटक भत्केको पुलमा रहेको

Like this:


एक महिनापछि सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

 Krishna Shrivastav

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । गएको पुस २३ गते रेकर्ड कायम गरेर ओर्लिएको सुनको मूल्यले आइतबार बढेर सोही मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्यमा प्रतितोला ५ रुपैयाँ बढेको छ । यसदिन तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा किनबेच भइरहको छ ।baahrakhari


विद्यालयका दुई बसमा आगजनी

 Krishna Shrivastav

हेर्टौँडा । हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्काे आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।news 24


कोरोना भाइरस सतर्कता : भरतपुर अस्पतालले रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाउने

 Krishna Shrivastav

चितवन | भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ ।

Like this:


बखुण्डोलस्थित कबाडी खानामा भीषण आगलागी, २ जनालाई उद्धार गरी अस्पताल पठाइयो

 Krishna Shrivastav

ललितपुरको बखुण्डोलस्थित कबाडी खानामा भीषण आगलागी भएको छ । उत्तर कोरियाली दूतावाससँगैको कबाडी खानामा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी भएको स्थानबाट २ जनाको उद्धार गरी अस्पताल पठाइएको एसएसपी राईले बताए ।‘ २ जनालाई उद्धार गरी अल्का अस्पताल पठाइएको छ,’ एसएसपी राईले भने, ‘हामी घटनास्थलमै छौं, आगो निभाउने प्रयास भइरहेको छ ।’आगो नियन्त्रणमा लिन बाँकी नै रहेकाले क्षतिको विवरण यकिन गर्न नसकिएको उनले बताए । nepal post daily


माइक्रो र यात्रुबस आपसमा ठोक्किँदा ४ का ज्यान गयाे, ६ जना घाइते

 Krishna Shrivastav

सुनसरी | सुनसरीमा माइक्रो र यात्रुबस एक-आपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने ६ जना यात्रु घाइते भएका छन् । सुनसरीको तितृबनामा आज बिहान हुस्सु लागेको बेला माइक्रो र बस ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किएका थिए । घटनामा माइक्रोबसका चालक दिपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज र उनी श्रीमती ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ

Like this:


नयाँबसपार्क क्षेत्रबाट लागुऔषधसहित एकै रात ७३ जना समातिए

 Krishna Shrivastav

काठमाडौं | प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन्। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिए। ‘बसपार्क क्षेत्रमा बसेर लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति गर्ने/गराउने, तोकिएको मापदण्ड पालना नगरी बिचौलिया राखेर यात्रुलाई हैरानी दिनलाई पक्राउ गरेका छौँ’, उनले भने। पक्राउ पर्नेमा उर्वसी डान्सबारका

Like this:


प्रहरी र जनप्रतिनिधिकै मिलेमताेमा भारतबाट गाई तस्करी गरेर नेपाल हुँदै बंगलादेशसम्म

 Krishna Shrivastav

भारतीय गाईलाई नेपाल ल्याएर बंगलादेशतर्फ तस्करी गर्ने गरेको एक अनुसन्धानबाट खुल्न आएको छ । बंंगलादेशमा गाईको मासुको उच्च माग हुने गर्छ । साेही फाइदा उठाउन तस्करहरुले भारतबाट बुढा गाईखरिद गरी चोर बाटो प्रयोग गरेर नेपालतर्फ पैठारी गर्ने र नेपालबाट बंगलादेशसम्म पुर्याउने गरेकाे पाइएकाे छ । त्यसरी भारतबाट ल्याइएका गाई नेपाली नै रहेकाे र निरोगी रहेकाे जाली कागजात/प्रमाण तयार पारी नेपालको पुर्वी नाका भएर बंगलादेशसम्म पुर्याउने गरेको प्रमाण फेला परेको हाे । कसरी हुन्छ तस्करी ? वीरगञ्जका नामुद गाई तस्कर प्रदेशी यादवले आफ्नी श्रीमती अन्जु कुमारी अहिरको नाममा वीरगञ्जको अशोक बाटिकामा

Like this:


नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर, शिक्षक देखि प्राविधिकसम्म भेटिए

 Krishna Shrivastav

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरी सेवासुविधा लिएका र बढुवासमेत भएका ५ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । आयोगका अनुसार यस्ता प्रकृतिका मुद्दा बिहीबार ५ र शुक्रबार एउटा दायर गरिएको थियो । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप लगाइएकोमा शिक्षक, कर्मचारीलगायत प्राविधिक कर्मचारीसमेत छन् । आयोगले भारतस्थित माध्यमिक शिक्षा परिषद् उतर प्रदेश इलाहावादको इन्टरमिडिएट परीक्षा उतीर्ण प्रमाणपत्र पेस गरी निमावि तहको शिक्षकमा बढुवा भई हाल कालिका मावि बन्दीपुरका शिक्षक श्रीप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपपत्र दायर गरेको छ ।

Like this:


आजको राशिफल – १९ माघ २०७६ आइतवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला ।

Like this:


समाचार
News

पर्साको धोबिनीमा आग्लगि हुँदा ५ घर जलेर नष्ट

News

२ हेलिकप्टर आकाशमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको निधन

News

पर्साका किसान माछापालनबाट मन्ग्य आम्दानी गर्दै

News

बाराबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद

News

विभिन्न कार्यक्रम गरी मनाइयो पर्साको ठोरीस्थित आँखा अस्पतालको स्थापना दिवस

< a href="#" class="goji_mathi">↑