४०० लिटर अबैध घरेलुु मदिरा नस्ट

 Krishna Shrivastav

बिरगंज। मिति २०७६/१०/१९ गते वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलिले राती ८ बजेतिर चेकजाच गर्ने क्रममा अटोरिक्सामा लुकाईछिपाई ल्याउदै गरेको अबैध घरेलुु मदिरा १७ पोका प्लास्टिकमा बेरेर बोरामा बाधेर ल्याएको अन्दाजी ४०० लिटर बरामद गरि सोमबार दिउसो १२ बजेतिर वडा प्रहरी कार्यालय श्रीपुर कार्यालय अगाडिको नालामा युवा समाजसेबि अकलेस साह , वडा न१३ का वडा अध्यक्ष तुफान अन्सारी , आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा श्यामबाबु साह , सन्चारकर्मी रन्जित चौरसीया , आनन्द पटेल , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीहरुको रोहबरमा सो अबैध घरेलुु मदिरा नस्ट गरिएको वडा प्रहरी

Like this:


लागु औषध चरेश सहित ५ जना पक्राउ

 Krishna Shrivastav

धादिङ  ।लागु औषधको कारोबारीहरुले धादिङ बेनिघाट रोराङ गा.पा. अन्तर्गत मलेखु ताल्ती जाने आउने सडक खण्डमा लागु औषध चरेशको खरिद बिक्री तथा कारोबार गर्दै छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलेखुवाट खटिएको प्रहरी टोलीले आइतबार दिनको अं. १७:०० वजेको समयमा जिल्ला दिङ बेनिघाट रोराङ्ग गा.पा.वाड नं. ४ स्थित मलेखु ताल्ती जाने आउने कच्ची सडकमा पुग्दा जिल्ला मकवानपुर राक्सिराङ गा.पा.वडा नं. ९ जनई स्थायी घर भई जि.धादिङ वेनिघाट रोराङ गा.पा.वडा नं. २ काफलफेली वस्ने वर्ष २८ को सुकलाल गोम्वो , ऐ.ऐ.वस्ने वर्ष १९ को भिम वहादुर गोम्वो, ऐ.ऐ.वस्ने वर्ष २२ को

Like this:


जबरजस्ती करणी गर्ने बाबा पक्राउ

 Krishna Shrivastav

बारा ।बारा जिल्लाको रमपुर्वा गाँउमा बिगत ४/५ बर्ष देखि साधु (बाबा) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पंचायत बस्ने बर्ष ५३ को रामेश्वर भन्ने हरी नारायण शर्माले मिति २०७६/१०/१९ गते दिनको अं.१९;३० बजेको समयमा पीडिताको घरमा खाना खाने बहाना बनाई बसी पीडिताको बुवा तथा परिवारको व्यक्तिहरू नभएको मौका पारी भाग्न उम्कन नदिई धाकधम्की देखाई जबरजस्ती कारणी गरी सकी भाग्न लागेको अवस्थामा घरपरिवार लगायतका स्थानिय मानिसहरूको सहयोगमा निज रामेश्वर भन्ने हरी नारायण शर्मालाई इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले तत्काल पक्राउ गरी जिल्ला

Like this:


घरको छतबाट खसेर १५ महिने शिशुको मृत्यु

 Krishna Shrivastav

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर १५ महिने एक बालिकाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–८ लेखानी घरभई हाल रामरेखामा आफन्त सिता विकको घरमा आएकी पुतली विककी १५ महिने शिशु दिपसिना विकको आइतबार एक तला घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दिउँसो घरको छतमा खेलिरहेको बेला भुइमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विकको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्प्ताल पोखरामा पठाइ पनि अस्पतालले गए राति नै मृत घोषणा गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए । पुतली

Like this:


मोवाइलको विषयमा विवाद हुँदा परिवारै मिलेर महिलाको हत्या

 Krishna Shrivastav

जनकपुर । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले दाबी गरेकोछ । चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू-ससुरा मिलेर उनको हत्या गरेको प्रहरीको भनाइ ५ । चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याएको

Like this:


भुइयाँ महराजको पूजामा रमाउँदै मुसहर (फोटो फिचर)

 Krishna Shrivastav

 बर्दिबास। एकिकृत नमुना मुसहर बस्ती बर्दिबास महोत्तरीका स्थानीयहरु मा भुइयाँ महराजको पूजाले खुशियाली छाएको छ । मुसहर समुदायको कुल देवता दिना–भद्रीलाई स्मरण गर्दै उमलिरहेको तातो धुले स्नान गरेर भुइयाँ महराजको पूजा गरिन्छ । यसलाई जनबोलीमा अपटनी पूजा पनि भन्ने गरिन्छ । शक्तिको अवतार लिएर जन्मेका भुइँया महाराज । शक्तिशाली महाराजले मारिदिन्छ भन्ने डरले उनलाई जन्मेको ६ दिनमा नै दैत्य दानवले चोरी नवनिभ भन्ने ठाउँमा बाँसको नजिक अस्सी फुट गाढा (खाल्डो)मा खनेर गाडिदिन्छ । १२ वर्षसम्म उक्त गाढामा जीवितै बस्छ, भुइँया महाराज । एक दिन अचानक भविष्यवाणी सुनिन्छ कि नवनिभ नजिक

Like this:


१० केजी गाँजा र १ लाख ८० हजार नगद बरामद

 Krishna Shrivastav

वीरगंज | केन्द्रमा गाँजालाई कृषि बालीका रुपमा मान्यता दिन बहस चलिरहेको समयमा पर्सामा भने आइतबार राति १० केजी गाँजासहित १ लाख ८० हजार नगद प्रहरीले बरामद गरेको छ। पर्साको पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोलका उमेश सहनीले लुकाई छिपाई राखेको १० केजी गाँजा र १ लाख ८० हजार नगद बरामद गरेको हो। विशेष सूचनाका आधारमा पर्साका प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाको नेतृत्वमा गएको प्रहरी टोलीले घरको खानतलासी लिई अवैध लागुऔषध गाँजा १० केजी र १ लाख ४८ हजार नेपाली र २० हजार भारतीय नोट बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।

Like this:


चरेश बनाउन प्रयोग हुने २० किलो तरल पदार्थसहित ५ पक्राउ

 Krishna Shrivastav

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट अवैध लागूऔषध चरेश बनाउन प्रयोग हुने २० किलो तरल पदार्थ (केमिकल) सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ बस्‍ने २८ वर्षीय सुकलाल गोम्बो लगायत छन् । उनीहरुको साथबाट नगद २ लाख ४० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।nepal post daily


एन्टिभाइरल औषधिको संयोजनबाट कोरोना भाइरसको सफल उपचार

 Krishna Shrivastav

एन्टिभाइरल औषधिको संयोजनबाट थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका एक बिरामीको सफल उपचार गरेका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार दिएको ब्रिफिङअनुसार बैंककस्थित राजविथी अस्पतालका चिकित्सकले चीनबाट आएकी कोरोना भाइरस सङ्क्रमित ७१ वर्षीय वृद्धाको उपचार गरेका हुन् । एचआइभी र फ्लू उपचार गर्न प्रयोग गरिने औषधिको संयोजनबाट उपचार संभव भएको बताइएको छ। ती वृद्धालाई यसअघि एचआइभी विरूद्धको औषधिबाट मात्रै उपचार गरिएको थियो । उक्त उपचारविधिबाट सन्तोषजनक नतिजा आएको उपचारमा संलग्न डाक्टर क्रियांग्सक एटिपोर्नवानिचले बताए। ‘उपचारविधिबाट ४८ घण्टाभित्रै बिरामीको अवस्थामा सुधार आयो र परीक्षणको नतिजामा पनि सोही अवधिमा कोरोना भाइरसको संक्रमण पोजेटिभबाट नेगेटिभ देखायो,’

Like this:


देशभर दुई चरणमा दादुरा–रुबेला खोप अभियान सञ्‍चालन हुँदै

 Krishna Shrivastav

जनकपुर | देशभर दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्‍चालन गरिने भएको छ। पहिलो चरणमा प्रदेश १, २ र ५ का ३ सय ३४ स्थानीयतहमा खोप अभियान सञ्‍चालन गर्न लागिएको हो। एउटा स्थानीय तहमा ९ दिन र तोकिएका हरेक जिल्लामा एक महिनासम्म अभियान चलाइनेछ। पहिलो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप खुवाइने लक्ष्य छ। यस्तै दोस्रो चरण अन्तर्गत चैत महिनामा प्रदेश ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई खोप लगाउने तयारी पुरा भएको छ।

Like this:


चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत १ लाखसहित अख्तियारकाे नियन्त्रणमा

 Krishna Shrivastav

काठमाडाैँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलकाे गाडीबाट एक लाख रुपैयाँसहित उनी पक्राउ गरेका छन् ।बा २ झ २१५२ नम्बरको गाडीकाे पछाडीकाे सिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले खानतलासी गर्ने क्रममा एक लाख नगद भेटिएकाे हाे । रकमसहित प्रमुख पाैडेल र उनका ड्राइभर सचित दुलाललाई अख्तियारकाे टाेलीले आइतबार नियन्त्रणमा लिएकाे हाे । आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र उनका ड्राइभरलाई पक्राउ गरिएको पुष्टि गरे ।प्रमुख पाैडेल नगरपालिकाबाट घर जाने क्रममा बलम्बू १२ स्थित च्याउ सहकारी अगाडि अख्तियारकाे जिपले राेकेर खानतलासी गर्न

Like this:


पुलबाट खस्यो चामल बोकेको ट्रक

 Krishna Shrivastav

चितवन । चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो । दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।news24


कति छ आज सुनको मूल्य ?

 Krishna Shrivastav

नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ । सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । सोमवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सोमवार चाँदीको मूल्य भने केही बढेको छ ।यसदिन चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।  आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो । lokaantar


लागू औषध मुद्दाका फरार प्रतिबादी पक्राउ

 Krishna Shrivastav

पर्सा | पर्सा प्रहरीले लागू औषध मुद्दाका फरार प्रतिबादीलाइ पक्राउ गरेर सार्बजनिक गरेको छ l लागू औषध गांजाको केसमा जिल्ला अदालत पर्साबाट लगत नं.१३१७ मिति २०७४/११/२२ गतेको फैसलाले १ बर्ष कैद र रु.५०००।– जरिवाना सजाय तोकिएको फरार हुदै आएका प्रतबादीलाइ पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ l पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा न;७ बिश्रामपूर ३० बर्षीय बिनोद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यलय पर्साको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राथोरले बताउनु भयो l आफ्नै गाउ घरमा रहेको अवस्थामा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको गएको प्रहरीको टोलीले कुशवाहालाइ पक्राउ

Like this:


पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी

 Krishna Shrivastav

सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मूर्ति विसर्जनपछि सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावहरु एक्कासी बिरामी भएको नगरपालिका प्रमुख चौधरीले जानकारी दिए । एक दिन पहिले बनाएको बासी तरकारी  र बुनियाको प्रसाद खाँदा ‘फुुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको  जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बुनिलाल यादवले बताए ।  प्रमुख यादवका अनुसार अहिले सम्म ६७

Like this:


कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक (फोटो)

 Krishna Shrivastav

कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्यकर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् । तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ । तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ । चीनको सामाजिक संजालमा आराम गरिरहेका डाक्टरहरुको तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ः ‘उनीहरु हाम्रो लागि लडिरहेका छन् उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन् उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन् उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ तर

Like this:


‘मिसन इम्पोसिबल’ : यस्तो छ १० दिनमा तयार भएको चीनको अस्पताल, सोमबारबाट प्रयोगमा आउँदै

 Krishna Shrivastav

कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ । हुओसेन्सान (अग्नि देवताको पहाड) अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो । यस अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका १४ सय मेडिकल स्टाफले उपचार सुरु गर्ने चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् । गत जनवरी २३ मा १ हजार शैय्या क्षमता भएको हुओसेन्सान अस्पतालको निर्माण शुरु गरिएको

Like this:


आजको राशिफल- २० माघ २०७६ सोमवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान

Like this:


समाचार
News

मधेश सरकारले गर्‍यो ५ लाख सहयोग

News

२२ लाख हुण्डीको रकमसहित वीरगञ्जबाट दुइजना पक्राउ

News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद

News

स्वचालित प्रक्रियाबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र

News

नेपालमा भारतीय नागरिकको अपहरण गरेर हत्या

< a href="#" class="goji_mathi">↑