२३ माघ २०७६, बिहीबार २३:३४
सुत्केरीको मृत्यु : वीरगन्जको प्रभु अस्पतालमाथी काउन्सिलले अनुसन्धान गर्दै
Krishna Shrivastav
वीरगन्ज| एकैदिन शल्यक्रिया गरिएका दुई सुत्केरीको मृत्युसम्बन्धी घटनामा अनुसन्धान सुरु भएको छ । वीरगन्जको प्रभु अस्पताल तथा रिसर्च सेन्टरमा पुस ८ मा कलैया उपमहानगर–४ की अमृता श्रेष्ठ र पचरौता नगर–१ पिपरपातीकी सुनीतादेवी ठाकुरको शल्यक्रिया गरी बच्चा निकालिएपछि मृत्यु भएको थियो । पीडित पक्षले चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाएको थियो । अस्पताल व्यवस्थापनले पुस १० मा नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी छानबिन गरिदिन माग गरेको थियो । अस्पतालका अध्यक्ष डा. मनोज गुप्ताले गत शुक्रबार काउन्सिलबाट आएको दुई सदस्यीय टोली जाँचबुझ गरेर फर्किएको बताए । ‘सबै रिपोर्ट लिएर गएका छन्,’ उनले भने, ‘अप्रेसन थिएटर अवलोकन र