सिरहाको लहानमा एक युवाको मृत्यु

 Krishna Shrivastav

सिरहा | सिरहाको लहान नगर पालिका ३ बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ । चौधरी एक महिना अगाडि देखी लहान स्थित रहेको यातायात कार्यालय अगाडि लेखा पडिको काम दिपक महतोको समुहमा रहि काम गर्दै थियो । मिथिलेश बिहिवार बेलुका ३:३० बजेको समयमा घर बाट खाजा खाएर बजार तिर निस्केको चौधरी राती बेहोस अबस्थामा भेटिएको छ ।  चौधरीको जीउ भरी माटो र हिलो लागेको थियो । चौधरी लाई  एक जना आफ्नो ले फोनगरे बुवा तेजनारायण चौधरीलाई भन्दा छोरा मिथिलेशको अबस्था गम्भीर छ् सुन्दै बुवा चौधरी बेहोस

Like this:


रौतहट नरसंहार प्रकरण : जिल्लाको आदेश उच्च अदालतबाट सदर, आलम थुनामै रहने

 Krishna Shrivastav

काठमाडौं | बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमलाई साधारण तारेखमा छाड्‍न उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अस्वीकार गरेको छ । बिहीबार र शुक्रबार चलेको बहसपछि उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा आलमलाई पुर्पक्षका लागि थुनामा राख्‍न दिएको रौतहट जिल्लाको फैसला नै सदर गरेको हो । न्यायाधीश सत्यमोहन चौधरी र डिल्लीराज आचार्यको संयुक्त इजलासले रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्दा लिइएका आधार र कारणहरू मनासिब देखिएकाले आलमलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि

Like this:


ट्रक र बस ठोक्किँदा १९ जना घाइते

 Krishna Shrivastav

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् । दुर्घटनामा घाइते बस चालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । बस चालक काफ्लेको हात, खुट्टा र

Like this:


विद्युत् चुहावट हुँदा रोयल फर्निचर उद्योगमा आगलागी

 Krishna Shrivastav

चितवन |  भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गर्नुभएको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । बिहानदेखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकलले काम गरिरहेको कोइरालाले जानकारी दिनुभयो ।आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन नसकेको उहाँले बताउनुभयो ।


प्रदेश २ का मुख्यमन्त्री राउतकाे विवादास्पद अभिव्यक्ति : अब छोरीले छाेरामाथि एसिड खन्याउन् !

 Krishna Shrivastav

वीरगंज |  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू ‘छोरीमाथि छोराले होइन बरु छोरामाथि छोरीले एसिड खन्याउने’ अवस्था ल्याउने सोचमा रहेको भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।जनकपुरमा महिला सशक्तिकरणका सम्बन्धमा महिला अगुवहरुसँग कुरा गर्ने क्रममा शुक्रबार यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे। महिला अगुवाहरुसँगको भेटघाटको क्रममा मैथिली भाषामा दिइएको प्रतिक्रियामा उहाँले भन्नुभएकाे छ, ‘तपाईँहरु छोरीको बारेमा सोच्दै हुनुहुन्छ । म सुरुदेखि छोरीलाई सशक्त बनाउन खोजिरहेको छु । म आफ्नो कार्यकालमा छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र वारियर (लडाकु) बनाउने सोचिरहेको छु कि छोरीले अब छोराको मुखमा एसिड खन्याओस् ।’ मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो अहिले समाजिक

Like this:


एमसीसीका जोनाथन नेपालमा

 Krishna Shrivastav

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहायक उपाध्यक्ष नेपाल भ्रमणमा आएका छन्। एसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्तारूढ दलभित्रै विवाद भइरहेका बेला उनी आएका हुन्। बु्रक्सले शुक्रबार नेपालस्थित एमसीसीका अधिकारीहरूसँग छलफल गरेका छन्। उनले दलका नेता, सरकारी अधिकारी, एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) का अधिकारीसँग छलफल गर्ने अमेरिकी दूतावासले जनाएको छ।नेपाल र अमेरिकाबीच २०७४ भदौमा ५० करोड अमेरिकी डलर (करिब ५७ अर्ब रुपैयाँ) को अनुदान सहमतिमा हस्ताक्षर भएको थियो।


कोरोना भाइरसबाट चीनमा अहिलेसम्म ७२२ जनाको मृत्यु

 Krishna Shrivastav

बेइजिङ । चीनमा महामारी बनेको कोरोना भाइरसका कारण शनिबार बिहानसम्म ७२२ भन्दा बढीको ज्यान गएको छ । भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८६ जनाको ज्यान गएको छ ।सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । शनिबारसम्म चीनमा ३४ हजार ५ सय ४६ जना कोरोनाको संक्रमणमा परेको चिनियाँ नेशनल स्वास्थ्य आयोगले आफ्नो अपडेटमा जानकारी दिएको छ ।चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीव २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको  बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको

Like this:


नेपालमा शंकास्पद १८ बिरामीमध्ये १ जनामा मात्रै कोरोना भाइरस, यस्तो छ सरकारी तथ्यांक

 Krishna Shrivastav

काठमाडौँ । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि एकजनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार  गत जनवरी २३ मा एक शंकास्पद बिरामीको रगत र र्याल नमुना जाँच गर्दा कोरोना भएको पुष्टि भएको तर त्यसयता थप १७ जना शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ पाइएको छ । यस्तै कोराना भाइरस पुष्टि भएका १ जना व्यक्ति पनि हाल स्वस्थ भइसकेको भन्दै मन्त्रालयले सम्पर्कमा रहेका अन्य व्यक्तिहरुमा पनि कुनै लक्ष्य नदेखिएको जनाएको छ । यस्तै चीनमा रहेका कुनै पनि नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण नदेखिएको रिपोर्ट

Like this:


नेपाली सेनालाई झन् सक्तिशाली बनाइँदै

 Krishna Shrivastav

नेपाली सेनामातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसदमा सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरीलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमावली बनाउने प्रस्ताव छ। ऐनको दफा १४३ को खण्ड (ढ) मा प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार इन्टेलिजेन्स (गुप्तचर) सेवा गठन तथा सञ्चारसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्ड (सुराकी खर्च) बाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको रकम मिनाहासम्बन्धी विषय भन्ने उल्लेख छ।राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को अनुरोधलाई नसुनी सरकारले सेनाभित्र

Like this:


आज को राशिफल- २५ माघ २०७६ शनिवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा सङ्का उत्पन्न हुनसक्छ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउनपनि सक्छ ।

Like this:


समाचार
News

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा निधन

News

घर भित्रका सामान निकाल्न पुगेका बृद्धको जलेर मृत्यु

News

एनटीसीमा १२९ जनालाई रोजगारीको अवसर

News

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्टको सूचीमा

News

वीरगञ्जबाट ५८ लाख बढीको सामानसहित मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा

< a href="#" class="goji_mathi">↑