जन्मदिनको हार्दिक शुभकामना -निखिल बर्नवाल

 Krishna Shrivastav

जन्मदिनको हार्दिक शुभकामना-निखिल बर्नवाल तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । कोमल तिम्रो पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्, हरेक पाइलामा तिमीलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । दुःख भागोस् अघि सुखले पक्ष्याओस्, बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्, सबैको मुख–मुखले तिम्रै नाम लिउन्, भगवानले तिमीलाई राम्रो आशिष दिउन् । मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई, लाखौं लाख

Like this:


काेराेना भाइरस : १११३ काे मृत्यु, ४७४० उपचारपछि डिस्चार्ज

 Krishna Shrivastav

एजेन्सी- चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन्। यस्तै हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमणका घटना फेला परेका छन्। ४ हजार ७ सय ४० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेकाे छ। भाइरसको सुरुवात हुबेई प्रान्तबाट भएकाे थियाे।


कोरोना भाइरसबाट लाग्ने रोगको औपचारिक नाम ‘कोभिड–१९’

 Krishna Shrivastav

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने राेगको नामाकरण गरेको छ । राेगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ ।कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लूएचओले नयाँ नाम दिएको हो । ‘हामीले कोरोना भाइरसको नाम कोभिड–१९ दिएका छौं,’ डब्लूएचओका प्रमुख टेडोर्स एडहानोमले भने ।नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो । कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको उनले जनाएका छन् ।यसअघि इन्टरनेसनल

Like this:


मिडियाले नेपाली भाषा र सभ्यतामाथि हमला गरेको प्रधानमन्त्रीको आरोपमा भाषाविदले के भने?

 Krishna Shrivastav

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चार माध्यमहरुले अंग्रेजको सिको गर्दै नेपाली भाषा र सभ्यतामाथि हमला गरेको गम्भीर आरोप दोहो¥याउनुभएको छ । नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री ओलीले लगातार गम्भीर असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । यसअघि गत असारमा नेपाली मिडियाले तपाईँ भन्न नजानेको र आफ्नो बाउलाई पनि तिमी भन्ने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएपछि यसप्रति थुप्रै टिकाटिप्पणीहरु भएका थिए । त्यसपछि आज गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भिडियाको भाषाशैलीप्रति आफ्नो असन्तुष्टि फेरि पोख्नुभयो । उहाँले हाम्रा सञ्चारमाध्यमहरु हजुर भन्दाखेरी आफूलाई सारै सानो ठान्ने र अंग्रेजीको कपि गरेर मिस्टर

Like this:


मधेस स्रोतले समृद्ध तर गरिबी बढ्दै

 Krishna Shrivastav

लहान | मधेसको महत्वपूर्ण उत्पादन खाद्यान्न (धान, गहुँ) हो। खाद्यान्न उत्पादनको मूलस्रोत भएकाले देशका अन्य भागभन्दा स्रोतका हिसाबले मधेस समृद्ध छ। तर मधेसका गाउँ–बस्तीको अवस्था हेर्दा अधिकांश क्षेत्रमा समृद्धि छेकछन्द कतै पाइँदैन।तथापि यहाँ समृद्धिका सूचकहरू प्रशस्त छन्। कृषिमा उर्वरता, विविध भाषा–संस्कृतिमा सम्पन्नता, भौगोलिक सुगमता। यी सूचकका आधारमा हेर्दा मधेस सम्पन्नताको उकालो चढ्नुपर्ने हो। तर भइरहेछ ठिक उल्टो, यात्रा थप गरिबीतर्फ उन्मुख छ। मधेसको इतिहास सम्पन्न भए पनि पछिल्ला दशकहरू अजेन्डाविहीन भएकाले विपन्नता र गरिबी बढ्दै गएको बुद्धिजीवीहरू बताउँछन्। यहाँ नेता धेरै जन्मिए। मन्त्री धेरै भए। तर यी सबैले राजनीतिक अजेन्डालाई

Like this:


नवलपरासीको बुलिङटारमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

 Krishna Shrivastav

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर छ । उनको टाउको र खुट्टामा चोट लागेको छ ।त्यसैगरी ४० वर्षीय छालबहादुर

Like this:


भारतको मणिपुरमा २३ नेपाली महिला प्रहरीको नियन्त्रणमा

 Krishna Shrivastav

दिल्ली | सुर्खेतकी सावित्री विकका श्रीमान् विगत तीन वर्षदेखि गायब छन् । कमाइ गरेर पाल्ने श्रीमान् नै हराएपछि दुई छोराछोरीसहित सावित्री माइतीमा बस्दै आएकी छिन्। छोराछोरी हुर्काउन उनी दिल्लीका विभिन्न सहरमा मजदुरी गर्छिन् । दाजुभाइसँग वर्षमा चार–पाँच महिना दिल्ली र बाँकी समय सुर्खेत बस्ने गर्छिन् । यही क्रममा उनको विदेश पठाउने राज नाम गरेका व्यक्तिसँग भेट भयो । उनले कुवेतमा राम्रो आम्दानी हुने आस देखाएपछि सावित्री पनि लोभिइन् । दुई छोराछोरीलाई आमाको जिम्मा लगाएर सावित्री गत १८ कात्तिकमा सुर्खेतदेखि कुवेतका लागि हिँडिन् । दलालले उनलाई सडकको बाटो दिल्ली पुर्यायो । उनी त्यहीँ दुई दिन बसिन् । दिल्लीबाट जहाजमा

Like this:


‘सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी

 Krishna Shrivastav

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन । गुम्बाबस्तीका करिब जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले अनलाइनखबरलाई जानकारी दिए । बिकका

Like this:


कोरोना महामारीः मृतकको संख्या ११ सय नाघ्यो

 Krishna Shrivastav

काठमाडौं | चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै   कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको  सीएनएनले जनाएको छ । यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित फेला परेका छन । योसँगै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका  काम थालेको छ । अन्तर्राष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको

Like this:


यसरी घरमै बनाउन सकिन्छ अनुहारको तिलकोठी र चाया हटाउने फेसप्याक

 Krishna Shrivastav

अनुहारमा निस्कने चायाले धेरै मानिसलाई सताएको हुन्छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । यस्ता समस्याबाट छुटकारा पाउन ब्युटिसियन कल्पना शाक्यले केही प्याक बनाउने उपाय सुझाएकी छिन् । तिलकोठीलाई फेसप्याक हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ । बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ

Like this:


आयोडिन के हो ? आयोडिन खाँदा हुने फाइदा

 Krishna Shrivastav

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा जस्ता चीजहरुबाट प्राप्त गर्न सकिन्छ जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ । गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको

Like this:


‘२० रुपैयाँको औकात नहुनेले २० लाख पारिश्रमिक माग्छन्’

 Krishna Shrivastav

नेपाली फिल्ममा राम्रो क्रेज रहँदा नै अभिनेता विराज भट्टले भोजपुरी फिल्म उद्योगको बाटो तताएका थिए। बीचका पाँच–सात  वर्ष पूर्णतः भोजपुरी फिल्ममा व्यस्त उनी तीन वर्षयता भने नेपालमा स्टारडम टिकाउने संघर्षमा छन्। तीन वर्षअघि ‘जय परशुराम’मार्फत नेपाली फिल्ममा पुनरागमनको प्रयास गरेका उनको यो प्रयास असफल मानिएको थियो। तर, उनले हिम्मत हारेका छैनन्। फिल्म  ‘साङ्लो’ मार्फत फेरि एक पटक दर्शकमाझ जाँदै छन् र उनलाई विश्वास छ– फिल्मले ‘विराजका दिन गए’ भन्नेलाई  मुखभरिको जवाफ दिनेछ। फिल्ममा उनी अभिनयसँगै निर्माता र निर्देशकको तेहरो भूमिकामा छन्। ‘अन्नपूर्ण सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेनासँग विराजले नयाँ फिल्म र नयाँ

Like this:


यसरी ल्याइनेछ चीनबाट नेपाली

 Krishna Shrivastav

काठमाडौं |चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो। नेपालमा उनीहरूका अभिभावक सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार मागिरहेका छन्। सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। ‘हामीले सबै आन्तरिक व्यवस्थापन गरिसकेका छौं’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा भने। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धारको पूर्वतयारी भएको हो। उद्धार, स्वास्थ्य जाँच र निगरानीका लागि सेना, सशस्त्र प्रहरी, स्वास्थ्य, पाइलट, चालक दलका सदस्य, विमानस्थलका कर्मचारी गरी सयभन्दा बढीलाई तालिम दिइएको छ। तालिमप्राप्त

Like this:


आजको राशिफल – २९ माघ २०७६ बुधवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । व्यवसायमा मन्दी आउनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी

Like this:


समाचार
News

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु

News

पर्साका दुई गाँउपालिकाले शिक्षकहरुको पदस्थापन नगरेको रहस्य बाहिरिए

News

२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

News

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ

News

आधा दर्जन एसएसपीको सरुवा

< a href="#" class="goji_mathi">↑