भारतको आलोचना गर्ने बेलायती सांसदलाई दिल्ली एयरपोर्टमा रोक

 Krishna Shrivastav

काठमाडौं । भारतले ब्रिटेनकी एक महिला सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको हो । भारतले संविधानको अनुच्छेद ३७० हटाएर कश्मीरको विशेष प्रान्तको दर्जा खोसेपछि सांसद अब्राहम्सले भारत सरकारको आलोचना गर्दै आएकी थिइन् । अब्राहम्स कश्मीरबारे ब्रिटेनको संसदीय समितिको अध्यक्षसमेत हुन् । उनले दिल्ली विमानस्थलका अधिकारीहरुले भिसा किन रद्द गरियो भन्ने जानकारीसमेत नदिएको बताएकी छन् । अब्राहम्स निजी भ्रमणका लागि भारतमा आएकी थिइन् । उनी इमिरेट्स फ्लाइट्सबाट सोमबार दिल्ली विमानस्थलमा ओर्लिएकी थिइन् । लगत्तै अधिकारीहरुले उनको भिसा रद्द

Like this:


ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने २ जनालाइ प्रहरीले नियन्त्रणमा लियो

 Krishna Shrivastav

काठमाडौं। मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवत्ता दीपक गिरीले बताउनुभयो । लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताउनुभयो । त्यसैगरी सिन्धुपाल्चोक साँगागढी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित ३६ वर्षीया ममता श्रेष्ठको

Like this:


हरिहरपुरगढी गाउँपालिकाद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण

 Krishna Shrivastav

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभरका वृद्धवृद्धालाइ चिसोबाट राहत दिलाउन न्यानो फाईबरको कपडा सिरक वितरण गरिएको हो । गाउँपालिकाका ६ सय ८४ जना जेष्ठ नागरिक (वृद्धवृद्धा) लाई फाईबरको सिरक वितरण गरिएको हो । आर्थिक रुपमा अति विपन्न, एकल, अपाङ्ग र ७० वर्षमाथिका वृद्धवृद्धालाई गाउँपालिकाले फाइबरको सिरक, बिस्कुट र जुस वितरण गरेको हो । ‘चिसोका कारण वृद्धवृद्धामा निमोनिया, दम, खोकी बढ्दै गएपछि उनीहरुलाई चिसोबाट बचाउनका गाउँपालिकाका ८ वटै वडाका जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए । गाउँपालिकाका वृद्धवृद्धालाई सम्मानस्वरुप

Like this:


किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

 Krishna Shrivastav

हेटौंडा | ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । देशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये

Like this:


माइस्थानमा भएकाे आगलागीमा रु ४० लाख बराबरकाे क्षति

 Krishna Shrivastav

वीरगंज । वीरगंजकाे माईस्थान बजारकाे एक किराना पसलकाे गाेदाममा भएकाे आगलागीमा रु ४० लाख बराबारकाे क्षति भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित माइस्थाकाे विट्टु किराना पसलको गोदाममा सोमबार दिउँसो अचानक आगलागि हुदाँ करिब ४० लाख मुल्य बराबरकाे धनमाल जलेर नष्ट भएको पिडितले वताएका छन् । स्थानिय मधुसुधन अग्रवालको घरको दोश्रो तलामा बाराकाे सुवर्ण गाउँपालिका वडा नं. २ घर भएका मनोज कुमार गुप्ताले भाडामा लिई किराना पसलकाे  गोदाम राखेका थिए । गोदाममा कस्मेटिक देखि किरानाको समान स्टोर राखिएको थियो । साेही समान आगलागीले जलेर र केही समान आगाे निभाउने

Like this:


घाइते सायराकाे उपचारमा अझै आर्थिक समस्या

 Krishna Shrivastav

वीरगंज । घुर ताप्ने क्रममा गम्भीर घाइते भएकी महिलाकाे नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले सहयाेग गरेका छन् ।  पर्साको छिपहरमाई गाउँपालिका – ५ भिस्वाकी घाइते ५० बर्षीया सायरा खातुनलाई स्थानिय युवा नेता गुप्ताले रु ५ हजार नगद सहयाेग गरेका हुन् । नारायणी अस्पतालमा उपचार गराइरहेकी घाइते सायरालाई अस्पताल मै साेमबार दिउसाे पुगी गुप्ताले सायरका पति रजाक मियाँलाई नगद रु ५ हजार हस्तान्तरण गरे । पहिलेदेखि नै बिरामी रहेकी सायरा आइतबार बिहान घुर तापेर उठ्ने क्रममा आगोले जलेकी थिइन । आर्थिक अवस्था कमजोर रहेका कारण मियाँ परिवारले आगोले पोलेपछि पनि सायरालाई

Like this:


साहुकार रामबाबु राय पुनः पक्राउ

 Krishna Shrivastav

काठमाडौं  |  सर्लाही बरहथवा–१० सीतापुरका साहुकार रामबाबु राय यादवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पुनः पक्राउ गरेको छ । सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सिआइबीले रायलाई शुक्रबार सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको हो । पक्राउपछि जिल्ला अदालत काठमाडौंको आदेशमा सिआइबीले उनीविरुद्ध १० दिनको म्यादसमेत थप गरिसकेको छ । सिआइबीका प्रवक्ता एसपी बेलप्रसाद पाण्डेले सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत रायलाई पक्राउ गरेर पनि १० दिनको म्याद थप भएको जानकारी दिए । ‘रायलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत सिआइबीले शुक्रबार पक्राउ गरेको हो । उनीविरुद्ध थप अनुसन्धान भइरहको छ,’ उनले भने । ऋण दिँदा दृष्टिबन्धक मात्र होइन, रजिस्ट्रेसन नै पास गरी

Like this:


निर्भयालाई बलात्कारपछि हत्या गर्ने चारै दोषीलाई मृत्युदण्ड दिन नयाँ ‘डेथ वारेन्ट’

 Krishna Shrivastav

नयाँदिल्ली । निर्भया सामूहिक करणीपछि ज्यान लिएका दोषीलाई मृत्युदण्ड दिनका लागि दिल्लीको पटियाला हाउस कोर्टले नयाँ मिति घोषणा गरेको छ । यसअघि दुई पटक अदालतले मृत्युदण्डको मिति तय गरे पनि फरक–फरक आवेदन पत्रका कारण मिति सारिँदै आएको थियो । सोमबारको नयाँ ’डेथ वारेन्ट’ अनुसार अदालतले आउँदो ३ मार्चमा बिहान ६ बजे चारै जना दोषीलाई मृत्युदण्ड दिने तय भएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता निर्भया बलात्कार घटनाका दोषी हुन् । यसअघि अदालतले मृत्युदण्डको मिति जनवरी २२ तोकेको थियो तर एक जना दोषीको निवेदन राष्ट्रपतिकोमा पुगेर रोकिएपछि

Like this:


प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार

 Krishna Shrivastav

काठमाडौं | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलि फागुन ७ गते राष्टिझय प्रजातन्त्र दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ। स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकासमेत उल्लेख गरी पत्राचार गरिएको हो। प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकद्वारा पारित कार्यविधिलाई आधार बनाई पत्राचार गरिएको उक्त मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिनुभयो। उक्त पत्राचारमा उपत्यकाभित्रका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्टिझय झन्डा फहराउन, विभिन्न स्थानमा ब्यानर प्रदर्शन र सरसफाइ गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ। उपत्यकाबाहिरका स्थानीय तहमा

Like this:


समाचार
News

सिराहामा एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक छात्रा पक्राउ

News

पर्साका एसपी कुमोध ढुङ्गेल र जीवन चलाउने वीच ४४ पटक फोन सम्पर्क

News

प्रदेश सरकारको नेतृत्वको विषयमा विवाद !

News

जनमत पार्टीको युवा दस्ताको जिल्ला संयोजकमा मनोज साह

News

सिराहामा बाहिरियो एसइईको नेपाली विषयको प्रश्न पत्र

< a href="#" class="goji_mathi">↑