विद्यार्थी नै नभएको विद्यालयमा ९ जना शिक्षक

 Krishna Shrivastav

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको वडा नम्बर-९ मोरहास्थित प्राविधिक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामविलाश मण्डलले आफ्नो दिनचार्य अहिले बिहान विद्यालय जाने र दिउँसो घर फर्केर बिताउँदै आएका छन् । एक जना विद्यार्थी पनि भर्ना नभएपछि यस विद्यालयका शिक्षकहरु घर बसेर र प्रधानाध्यापक भने विद्यालय खोलेर समय बिताउन बाध्य छन् । तराई मधेशको अधिकांश सामुदायिक विद्यालयहरुको वेथिती कसैबाट लुकेको छैन । वि.सं. २०१८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले एउटा पनि विद्यार्थी अध्ययन गरिरहेका छैन् । तर विद्यालयमा ९ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन् । कक्षा ८ सम्म पढाई हुने

Like this:


मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि नियमित पत्रकार सम्मेलन स्थगित

 Krishna Shrivastav

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । हरेक हप्ताको बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउन मन्त्री बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए ।सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आजको पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिए । सेक्युरिटी प्रेस खरिदमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका मन्त्री बाँस्कोटाले आजै दिउँसो राजीनामा दिएका हुन् ।


ट्रेडमार्क मुद्दामा नेरोल्याक ब्रान्ड जापानी कम्पनीको जित, अब बिदेशी कम्पनि नेपालमा आउने सम्भावना बढयो

 Krishna Shrivastav

वीरगञ्ज । ६ वर्ष लामो न्यायिक लडाईंपछि अन्ततः बहुराष्ट्रिय कम्पनी कान्साई नेरोल्याक पेन्ट्स नेपाल प्रालिले ट्रेडमार्कसम्बन्धी मुद्दामा जित हात पारेको छ । सर्वोच्च अदालतको फैसला कान्साईको पक्षमा आएपछि यो कम्पनीले अब पूर्ववत् ब्रान्ड कान्साई नेरोल्याक पेन्ट्सकै नाममा उत्पादन गर्न पाउने भएको हो । जापानी बहुराष्ट्रिय कम्पनीले नेपालमा उत्पादन शुरू गरेलगत्तै कान्साई नेरोल्याक आप्mनो ब्रान्ड भएको दाबी गर्दै रुक्मिणी केमिकल इन्डस्ट्रिजले उद्योग विभागमा उजुरी दिएको थियो । कान्साई नेरोल्याकको ट्रेडमार्क रुक्मिणीको नाममा दर्ता भएको भन्दै विभागले कान्साईलाई सो ब्रान्ड प्रयोगमा प्रतिबन्ध लगाएको थियो । कान्साई जापान, भारत र नेपालका लगानीकर्ताले वीरगञ्जमा

Like this:


बिन्दवासिनी गाउँपालिकाको कामकाज ठप्प

 Krishna Shrivastav

वीरगन्ज । पर्साको बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार रौनियारलाई दुव्र्यवहार तथा कुटपिट गर्ने वडाध्यक्षमाथी कारवाहीको माग गर्दै विरोधमा बिन्दवासिनी गाउँपालिकाका कर्मचारीहरुले बिहिबार गाउँपालिकाको कामकाज समेत ठप्प पारेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार कर्मचारीहरुको एक समुह पुगी दुव्र्यवहार गर्ने वडा नं। ५ का वडाध्यक्ष सुकदेव राउत अहिरमाथी कारवाहीको माग गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई भेट्दै कर्मचारीहरुले वडाध्यक्ष अहिरमाथी सार्वजनिक अपराध मुद्दा दर्ता गर्न माग गरे । प्रमुख प्रशासकिय अधिकृत रौनियार सहित केही कर्मचारीहरुले लखित रुपमै कारवाहीको माग गर्दै सहायक प्रमुख जिल्ला

Like this:


बीरगंजको प्रतिमा चौकबाट बोलेरो जीप नियन्त्रणमा

 Krishna Shrivastav

वीरगन्ज । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको क्राईम बान्च्रका प्रहरी टोलीले चोरीको बोलेरो जीप नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाएको छ । काईम बान्च्रका प्रहरी निरीक्षक रबि भुषण यादवको कमाण्डमा खटिएको प्रहरीटोलीले बिशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नं १४ प्रतिमा चौक नजिकै चोरीको जीप बेवारिसे अवस्थामा फेला परेको हो । भारतीय बीआर २२ पी १६२६ नम्बरको बोलेरो जीपको कुनै कागजपत्र नभएको अवस्थामा थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।


समाचार
News

पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

News

वीरगन्जमा सहकारीको बार्षिकोत्सव कार्यक्रममा ३२ जनाले गरे रक्तदान

News

नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

News

काठमाडौँको जमिनमुनि तीन मेट्रो रेल, लगानी गर्न विदेशीसँग आह्वान

News

सात्त्विक फाउन्डेसनद्वारा बारामा क्यान्सर सचेतना र नि:शुल्क भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन

< a href="#" class="goji_mathi">↑