टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

 Krishna Shrivastav

काठमाडौं |  मनग्य आम्दानी हुने गरी राजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ५६ हजार नगद ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । ३२ जना नेपालीहरुलाई आकर्षक तलब पाउने गरी टर्की र ग्रीस पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख देखि १० लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–७ बुधबारे घर भइ काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल छन् । पीडितमध्येका गोपीराम पराजुलीले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पोखरेललाई पक्राउ गरेको हो । पोखरेललाई काठमाडौंको टेकुबाट पक्राउ गरिएको अपराध

Like this:


अवैध रूपमा व्यक्तिले प्रयोग गरिरहेका सरकारी जग्गा खाली गर्दै महानगर

 Krishna Shrivastav

काठमाडौं | अवैध रूपमा व्यक्तिले प्रयोग गरिरहेका सरकारी जग्गा काठमाडौं महानगरपालिकाले खाली गराउन थालेको छ । सरकारी जग्गा खाली गरी सार्वजनिक प्रयोजनमा ल्याउने उद्देश्यसहित महानगरले विभिन्न वडामा रहेका सरकारी जग्गा खाली गराउन थालेको हो । यही क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले शनिबार तीनकुनेस्थित जागृतिनगरको सरकारी जग्गामा व्यक्तिले बनाएका टहरामा डोजर चलाएको छ । सार्वजनिक सूचना जारी गर्दासमेत जग्गा खाली गर्न बेवास्ता गरेपछि वडा कार्यालयले पाँचवटा अस्थायी टहरामा डोजर चलाइएको वडाध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । उनका अनुसार ६ रोपनी दुई पैसा जग्गा खाली भएको छ । उनले भने, ‘सार्वजनिक जग्गामा व्यक्तिले घर–टहरा बनाई भाडामा

Like this:


बीरगञ्ज महानगरका सडक डिभाइडरमा बोटभन्दा विज्ञापनका बोर्ड बढी

 Krishna Shrivastav

बीरगञ्ज | बीरगन्जको सडकका डिभाइडरमा रुख–बिरुवाभन्दा विज्ञापनका बोर्डले ठाँउ ओगटेका छन् । घण्टाघरदेखि पावर हाउससम्मको डिभाइडरमा रहेका विज्ञापनका बोर्डले बीरगन्ज कुरुप देखिएको छ । डिभाइडरमा जगदम्बा ग्रुपको सबैभन्दा बढी बोर्ड देखिन्छ । यस्तो लाग्छ कि बीरगन्ज महानगर जगदम्बा महानगर हो । सडकका डिभाइडरमा जगदम्बा गुप्रको जगदम्बा सिमेन्ट कंक्रिटो र जगदम्बा वेल्डिङ रोडको ८, जगदम्बा सिमेन्टको ३ र टफवुड गोल्डको ५ वटा बोर्डहरु राखिएका छन् । यसको अलावा, बयोधा हस्पिटलको ८ वटा, सिके बिरला ग्रुपको ३ थान, जेसी विल्डर्स प्रालि र मगनम कोल प्रालिको २–२ वटा बोर्ड छन् । आफ्नो बोर्ड

Like this:


ज्येष्ठ नागरिकलाई घरघरै उपचार

 Krishna Shrivastav

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ । नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । “विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीहरुमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकहरुलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ”, प्रमुख पण्डितले भन्नुभयो । शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुवाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गाैलालगायत जाँच र उपचार निःशुल्क हुनेछ । नगरपालिकाका उपप्रमुख

Like this:


रौतहटमा प्रहरीको भ्यानसँग ट्रक जुध्यो, ४ असईसहित ६ जना घाइते

 Krishna Shrivastav

रौतहट । पूर्व–पश्चिम राजमार्ग सडक खण्डअन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमध्ये ४ जना नेपाल प्रहरीका असई रहेकाे जनाइएकाे छ । आज आइतबार बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीको ब्रिफिङ कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जाँदै गरेको अवस्थामा करिब ६ बजे बिहान नेपाल प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो। आइजिपी ज्ञवालीको ब्रिफिङको लागि सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोविन्द

Like this:


अब मल र विषादी छर्न पनि ‘ड्रोन’काे प्रयोग

 Krishna Shrivastav

तुलसीपुर । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याएर दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिनुभयो । “हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ”, उहाँले भन्नुभयो, “यसले किसानलाई धेरै सहजता ल्याउँछ ।” ड्रोनबाट मल तथा विषादी छर्ने

Like this:


कुखुरा फार्ममा आगलागी हुँदा १० लाखकाे क्षति

 Krishna Shrivastav

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हँुदा रु १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आउनुभएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो । कमाइ खाने सहारा फार्म थियो उहाँले भन्नुभयो, “ जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।” आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो । भण्डारीले सात वर्षदेखि सो

Like this:


जन्मदिन मनाउन प्रधानमन्त्री ओलीकाे जन्मघर आठराई जाँदै

 Krishna Shrivastav

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन तेह्रथुमको आठराईमा मनाउने भएका छन् । आठराई ओलीको जन्मथलो हो ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम प्रस्थान गर्नेछन् । प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ । प्रधानमन्त्री ओली आउने खबरले गाउँमा चहलपहल बढेको छ ।प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कार्यक्रमको चाँजोपाँजो मिलाउन केही दिन अगाडिदेखि नै आठराईमा छन् । प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्ने छन् ।

Like this:


आइफोन र एन्ड्रोइडका लागि माइक्रोसफ्टको एन्टी भाइरस एप

 Krishna Shrivastav

वीरगंज। डेस्कटप कम्प्युटर अपरेटिङ सिस्टमको दुनियामा प्रभुत्व जमाइरहेको माइक्रोसफ्टले स्मार्टफोनको क्षेत्रमा चाहीँ आफ्नो छाप छाड्न असफल भइरहेको छ । विन्डोज मोबाइल अपरेटिङ सिस्टम होस् वा लुमिया हार्डवेयर होस्, माइक्रोसफ्टले आशातित सफलता प्राप्त गर्न नसकेको होइन, पूरै फ्लप भयो । अबचाहिँ माइक्रोसफ्टले स्मार्टफोनको दुनियामा प्रवेश गर्ने नयाँ योजना बनाएको छ ।माइक्रोसफ्टले आफ्नो सेक्योरिटी टूल विन्डोज डिफेन्डरलाई एन्ड्रोइड तथा आइओएसका लागि समेत लञ्च गर्ने निर्णय गरेको छ ।विन्डोज डिफेन्डर भनिने एन्टी भाइरस सफ्टवेयरलाई माइक्रोसफ्टले आफ्नो विन्डोज ८ देखि उपलब्ध गराउन थालेको हो । एन्ड्रोइड स्मार्टफोन तथा आइफोनका लागि यही वर्षको अन्त्यसम्ममा विन्डोज

Like this:


कविता : काव्याभिषेक

 Krishna Shrivastav

सुनेथेँ, हरेक युवामा एउटा कवि मर्छ सोचिरहेछु,  मेरो यौवनसँगै मरेको कवि  मेरो छोरामा बाँचोस् मेरो छोरा कवि भइरहोस् । जिस्क्याइरहे अक्षरहरूले एकापसमा गुजुल्टिएर  एकान्तबासमा घोत्लिएर रंगीन कल्पनामा डुबे पनि लेखिएन,   रक्सीमा मातिएर पनि छचल्किएन चुरोटको कसमा तानिएर पनि फुरेन कविता । बन्दैन रहेछ कविता शब्दलाई हरफहरूमा बुनेर कलम भाँचिदोरहेछ कागज लतपतिदोँरहेछ  बैंसको कवि मरिसकेपछि नलेखिँदोरहेछ कविता । आँसु मरुभूमिमा मृगतृष्णा टल्किँदोरहेछ हाँसो मसानमा खरानी उड्दोरहेछ घाम अवचेतनको पातालमा चिसिँदोरहेछ पानी हिमपहिरोमा चट्टान घोच्दोरहेछ  हुरी पनि विनास देखेर ठिंग उभिँदोरहेछ बतासको झन् के कुरा असिना हिर्काउँदोरहेछ  कविता प्रकट हुनु भनेको, क्षितिजमा

Like this:


एउटा सुगाको कथा

 Krishna Shrivastav

एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसौं टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगा हाँगा चाहार्थ्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम हो, पटक्कै थाहा थिएन ।एक दिन राजाले सोचे– ‘यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटामात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभावमात्रै सिर्जना गरिदिन्छ ।’त्यसैले राजाले मन्त्रीलाई बोलाए र आदेश दिए– ‘यस सुगालाई पढाउने व्यवस्था गर ।” सुनारलाई सुनको पिँजरा

Like this:


एकछिन मोबाइल नहुँदा आत्तिन्छन् आजका युवा !

 Krishna Shrivastav

वीरगंज । विश्वका एक चौथाइ भन्दा बढी युवाहरु आफ्नो स्मार्टफोनमा यति धेरै निर्भर छन् कि उनीहरुका लागि यो एक किसिमको गम्भीर लत नै बनिसकेको छ । यसरी मनो्विश्लेषकहरुले गरेको एक नयाँ अनुसन्धानमा आजका युवाहरु एकैछिन मोबाइल नहुँदा आत्तिने गरेको पत्ता लागेको हो । किङ्स कलेज लन्डनले सञ्चालन गरेको यस अध्ययनका अनुसार यो व्यवहारको अर्थ युवाहरुलाई फोनको पहुँच नदिँदा उनीहरुमा तत्कालै नकारात्मक भावना पलाउन थाल्छ र त्यसले मानसिक तनाव गराउन सक्छ । यति मात्र नभएर युवाहरु मोबाइल फोनमा आफूले बिताइरहेको समय नियन्त्रण गर्न पनि असमर्थ भइरहेका छन् । यस्तोमा सो लतले

Like this:


गुगललाई लाग्यो बालबालिकामाथि जासुसी गरेको आरोप !

 Krishna Shrivastav

वीरगंज । विश्वकै ठुलो टेक कम्पनी गुगललाई बालबालिकाहरुमाथि जासुसी गरेको आरोप लागेको छ ।अमेरिकाको न्यू मेक्सिको राज्यका अर्टनी जनरलले गुगलले गैरकानुनी तरिकाले स्कुलका बच्चाको जानकारी जुटाईरहेको आरोप लगाउदै गुगलविरुद्ध मुद्धा दायर गरेका छन् ।आरोपमा गुगलले बालबालिकाले कस्तो साइट हेर्छन, उनीहरुको मन पर्ने भिडियो के हो ? भन्ने जस्ता जानकारी हासिल गरिरहेको आरोप लगाइएको छ । साथै गुगलले बालबालिकाका सम्पर्क नम्बर र पासवर्डको बारेमा समेत जानकारी लिएको आरोप लगाइएको छ । अर्टनी जनरलले गुगलले न्यूमेक्सिकोमा ६० प्रतिशतभन्दा बढी बालबालिकाको पढाइका लागि क्रोमबुक, जी-सुट सुबिधा नि: शुल्क दिने गर्दछ । यस अन्तर्गत जीमेल,

Like this:


गुगलमा नखाेजाैँ यी तीन कुरा

 Krishna Shrivastav

वीरगंज | जतिबेला हामीलाई कुनै प्रश्नको जवाफ चाहिन्छ, सबैभन्दा पहिले हामी गुगलको प्रयोग गर्छौं ।गुगल बाबाले हामीलाई निराश पनि बनाउँदैनन् । उनीसँग विश्वभरका सबै जानकारी संग्रहित छन् । तर, बिर्सेर पनि यी तीन गुगलमा नखोजौं, नत्र पछुताउने पर्ने हुन्छ । बम बनाउने तरिका गुगलमा बिर्सेर पनि बम बनाउने तरिकाबारे सर्च नगरौँ । जब तपाईं बम बनाउने तरिका या यससँग कुनै प्रश्न गुगलमा टाइप गर्नुहुन्छ, त्यतिबेला गुगलले तपाईंको आइपी एड्रेस सुरक्षा एजेन्जीलाई पठाउँछ । आत्महत्या गर्ने तरिका यदि आत्महत्या गर्ने तरिकाबारे पनि तपाईं गुगल गर्नुहन्छ भने, गुगलले तपाईंलाई एक हेल्पलाइन नम्बर

Like this:


विदेशी विज्ञलगायतलाई भिसा र श्रम स्वीकृति निःशुल्क

 Krishna Shrivastav

वीरगंज | एमसीसी र गोकुल बास्कोटामाथिको अभियोगलाई लिएर नेकपामा भएको छलफलले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।‘बास्कोटामाथि छानबिनबारे मतभेद’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, राजीनामा दिएर बाटो खुला भइसकेकाले संसद, सीआईबी र अख्तियारले बास्कोटामाथि छानबिन गरून् भन्ने प्रस्ताव प्रधानमन्त्री ओलीको छ । तर प्रचण्डको मत अलि फरक छ । उनले प्रश्न उठिसकेकाले यसबारे पार्टीभित्र पनि छलफल हुनुपर्ने विचार राखेका छन् । सरकारले विकास सहायता, पूर्वाधार, आयोजना तथा प्राविधिक मिसनमा आउने विदेशीलाई निःशुल्क प्रवेशाज्ञा, श्रम स्वीकृति र कार्यसहहमति दिने विवादास्पद निर्णय गरेको अर्को खबर पनि कान्तिपुरमा

Like this:


राष्ट्रिय वाणिज्य बैंकमा जागिर– यी उम्मेदवारहरूको नियुक्ति पक्का [हेर्नुहोस् सूची]

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय वाणिज्य बैंकले नियुक्तिका लागि योग्य कर्मचारीहरूको छनोट गरेको छ ।बैंकले आइतवार एक सूचना जारी गर्दै योग्य कर्मचारीहरूको नियुक्ति सिफारिस गरेको हो । हेर्नुहोस् सूचना


नयाँ पेट्रोलपम्पलाई फागुनभित्रै स्वीकृति दिइने

 Krishna Shrivastav

वीरगंज | नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ ।दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले फाुगनभित्रै नयाँ पम्पको स्वीकृत दिने तयारी गरेको छ । प्रवक्ता गोइत भन्छन्, ‘हामीले छानबिन गरेर कार्यकारी निर्देशककोमा पठाएका छौँ, अब अन्तिम प्रक्रियामा छ, मापदण्ड पूरा गरेका र आवश्यकता रहेका स्थानमा सबैले स्वीकृत पाउने छन् ।’नयाँ पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा

Like this:


विश्व दक्षिण कोरियामा कोरोना : सङ्क्रमितको सङ्ख्या एकैदिन दोब्बरले बढ्याे

 Krishna Shrivastav

वीरगंज | दक्षिण कोरियामा एकै दिनमा कोभिड–नाइन्टिन (१९) अर्थात् कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेकाे छ ।शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा सङ्क्रमण भएर सङ्क्रमितको सङ्ख्या चार सय ३३ पुगेको बीबीसीले जनाएको छ । दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसबाट दुई जनाको ज्यान गइसकेको छ । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिस निस्कन छाडेका छन् ।कतिपय सैनिकहरूमा पनि

Like this:


समाचार
News

पर्साको धोबिनीमा आग्लगि हुँदा ५ घर जलेर नष्ट

News

२ हेलिकप्टर आकाशमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको निधन

News

पर्साका किसान माछापालनबाट मन्ग्य आम्दानी गर्दै

News

बाराबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद

News

विभिन्न कार्यक्रम गरी मनाइयो पर्साको ठोरीस्थित आँखा अस्पतालको स्थापना दिवस

< a href="#" class="goji_mathi">↑