Visit Nepal 2020 सफल पार्न भिजिट मधेस नेपालका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फको १३ सुझाव
वीरगंज संजाल
३० श्रावण २०७६, बिहीबार १९:५०
६३६३
Visit Nepal 2020 सफल पार्न भिजिट मधेस नेपालका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फको १३ सुझा
1)हाल बिदेशलाई लिइरहेका तीन गुणा बढी हवाई टिकट दरमा छुट गरिनु पर्छ। 2)होटेल एवं पर्यटन ब्यवसायी संग समन्वय एवं सहकार्य गरि पर्यटकलाई 2020 मा बिशेष छुट र सुबिधाको घोषणा गर्नु पर्ने हुन्छ। 3) भर्जिन गन्तव्यहरुलाई हाइलाइट गरि प्रवर्द्धन गर्नु पर्ने हुन्छ। 4) भारतिय गाडी र पर्यटक प्रतिको बक्र दृस्टीमा परिवर्तन गरि ब्यवसायी/सुरक्षा कर्मी तथा सबैमा सकारात्मक एवं स्नेही भावनाको बिकास हुनु पर्छ। 5) तराई मधेसमा रहेका फरक परिवेश,फरक हावापानि,रहनसहन एवं गन्तव्यलाई पनि प्राथमिकता राखिनु पर्छ। 6)पर्यटन मैत्री वातावरण निर्माणको लागी”अतिथि देव भव:”को अभियान संचालन गर्नु पर्छ। 7)पर्यटक संग प्रत्यक्ष सरोकार राख्ने ब्यक्तिहरु जस्तैः गाइड,वेटर,सवारी साधनका कर्मचारीहरुलाई Behaviour & hospitality सम्बन्धि विशेष तालिम/ओरिएन्टेसनको ब्यवस्था गर्नु पर्छ। 8)विभिन्न गन्तव्यलाई समेटी पर्यटकिय सर्किट तयार गरि त्यसको प्रचारप्रसार एवं ब्यवस्थापन हुनु पर्छ। 9)कैसलेस पद्धतिको बिकास हुनु पर्छ। 10)अन्लाईन प्याकेज खरिद बिक्री एवं गन्तव्यलाई प्रवर्द्धन गर्ने उदेश्यले निर्माण भइ सकेका डिजिटल प्लेटफर्मलाई प्रमोसन गर्नु पर्छ।नयाँको प्लेटफर्मको पनि बिकास गर्नु पर्छ। 11) पर्यटन सम्बन्धि उदेश्य मिल्ने अधिकतम संस्था एवं अभियान तथा सबै सरोकार वालाको सहकार्य जरुरी छ। 12)तिनै तहको सरकार पर्यटन वर्षलाई सफल बनाउन सहकार्य एवं प्रतिबद्धताको आवश्यकता रहेको छ। 13)पर्यटन बिज्ञहरुको बिद्वताको अधिकतम सदुपयोग गर्न सक्नु पर्छ।